पैसा बाँडेको आरोप लागेका एमाले उम्मेदवारको गाडीबाट १०५ रुपैयाँ बरामद

मतदातालाई पैसा बाँडेको आरोप लागेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा उम्मेदवार दीपक निरौला चढेको गाडीबाट १ सय ५ रुपैयाँ रकम बरामद गरिएको प्रहरीले जानकारी दिएकाे छ।

शुक्रबार साँझ पैसा बाँडेको आशंकामा बूढानीलकण्ठ– ६ बाट उनीसहित बूढानीलकण्ठ नगरपालिका– ६ का वडा अध्यक्ष रवि खड्का र नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालालिका अध्यक्ष प्रदीप डंगाोललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

स्थानीयको खबरपछि प्रकाउ परेका उनीहरूलाई अनुसन्धाननका लागि प्रहरीवृत्त महाराजगञ्ज राखिएको थियो। अनुसन्धानका क्रममा निराैलाको टोली चढेको गाडीबाट १ सय ५ रुपैयाँ बरामद गरिएको वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जीसीले बिएल नेपाली सेवालाई जानकारी दिए।

त्यस्तै गाडीमा चुनावी पर्चा पनि भेटिएको छ।

उम्मेदवार निरौलाले क्यान्सर रोगका विरामी तोक्मान लामाको स्वास्थ्य अवस्थाबारे बुझ्न त्यहाँ पुगेका बताएका छन्।

प्रकाशित मिति: : 2022-11-19 09:07:00

प्रतिकृया दिनुहोस्