नेपाल कम्युनिस्ट पार्टी सल्यानले मंसिर ४ काे निर्वाचन खारेज गर्ने भन्दै जनजागरण अभियान लिएर जिल्लाका विभिन्न ठाउँहरूमा पुगेकाे छ।
त्रिवेणी गाउँपालिकाकाे रिखेबजारमा निर्वाचन खारेजका लागि नागरिक अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ।
नागरिक अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन पाेखरेलले दलाल पुँजीवादी संसदीय व्यवस्थाकाे निर्वाचनले देश र जनतालाई लुट्ने मात्र काम गरेकाे बताएका छन्।
अहिलेकाे निर्वाचनमा आम जनताको कुनै चासो समेत हुन नसकेकाे उनले बताएका छन्।
'नेपालमा विद्यार्थीहरूले महिनाैंसम्म पढ्ने किताब नछापिने र नपाउने अवस्थामा हेलिकप्टरबाट निर्वाचन सामग्री पुर्याउने व्यवस्थालाई जनताले किन मान्नुपर्ने' भनेर पाेखरेलले प्रश्न गरे।
नागरिक अन्तरक्रिया कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम भारतीले दलाल पुँजीवादी संसदीय व्यवस्थाकाे सरकारले किस्ता किस्तामा राष्ट्रघात र जनघात गरिरहेकाे हुनाले जनताद्वारा निर्वाचन खारेज हुनुपर्ने बताएका छन्।
देश बेचुवा एमसीसीका मतियारहरुलाई भाेट हाल्दा राष्ट्रघातीहरुकाे मनाेवल बढ्नसक्ने हुनाले जनताद्वारा कुनैपनि हालतमा याे निर्वाचन खारेज गरिनुपर्ने उनलेे बताएका छन्। उनलेे भने, 'एमसीसी पास गर्ने राष्ट्रघातीहरुलाई कसैले भाेट नहालाैं।'