चितवन क्षेत्र नं–२ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी ताेडफाेड भएकाे छ।
भक्तपुरमा आज बिहान बा ३ च २०५० नम्बर उनकाे प्राडो कारमा अपरिचित समूहले तोडफोड गरेको हो।
घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडीमा तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले गाडीकाे सिसा फुटाएर भागेकाे प्रहरीले बताएकाे छ। अहिले गाडी फुटाएर भाग्नेहरूकाे खाेजी कार्य भइरहेकाे छ।