प्रचण्डकाे मार्क्सवाद भैंसी पूजा हुँदै प्रेतआत्मामा आएर स्खलित भयाे : ज्ञानेन्द्र शाही

जुम्लाबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डकाे मार्क्सवाद प्रेतआत्मा हुँदै भैंसी पूजामा गएर स्खलन भएकाे बताएका छन्।

उम्मेदवारी घाेषणा गरेपछि लगातार गाउँ घुमिरहेका शाही हालसम्म तीन पटक जनताकाे घरदैलोमा पुगिसकेका छन्। चुनाव नजिकिँदै गर्दा विभिन्न गाउँमा चुनावीसभामा केन्द्रित रहेका शाहीले साेमबार जुम्लामा विशाल आमशभा गरी सम्बाेधन गरेका हुन्।

एक साताअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सेराडाबमा भएकाे आम सभामा ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजतन्त्रका प्रेतआत्माहरु सलबलाइरहेकाे प्रतिक्रिया दिएका थिए।

साेही स्थानमा राप्रपाले गरेकाे आमसभाबाट ज्ञानेन्द्रले अध्यक्ष प्रचण्डकाे प्रेतआत्माकाे जवाफ दिएका हुन। प्रचण्डले मानेकाे आदर्श मार्क्सवादी सिद्धान्तकाे मर्म बताउँदै शाहीले काउन्टर अट्याक गरे।

‘प्रचण्डकाे सैद्धान्तिक स्कुलिङ मार्क्सवाद हाे। मार्क्सवादले विज्ञान मान्छ। धर्मलाई अफिम भन्छ,’ उनले भने, ‘भुत प्रेत, प्रेतआत्माकाे कुरा गर्ने प्रचण्डकाे मार्क्सवाद स्खलित भइसकेको छ। त्यसैले उहाँ भैंसी पूजा गर्नुहुन्छ।’

उनले प्रचण्डलाई १७ हजार जनाकाे प्रेत्तात्माले सताइरहेकाे हुनाले नै उनी बेलाबेला हडबडाउँदै ‘म असुरक्षित छुँ। मारिन सक्छु’ भन्दै बरबराइरहने गरेकाे बताए।

उनले भने,‘ससस्त्र द्वन्द्वकाे नाउमा १७ हजार मारियो, मराइयाे। त्याे भन्दा बढी आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा लाखाैंकाे हत्या गरियाे। तीनकाे आत्माले प्रचण्डलाई सुत्न दिदैन। त्यसैले उहाँ भड्किरहनु हुन्छ।’

आमसभामा उत्तेजित भाषण गर्दै ज्ञानेन्द्रले जुम्लीहरु मष्टाे देउता, इष्ट देउता, कुल देउता, वन देउता, लामा विष्णु, महादेउतालगायतका देवी देउता मान्ने जुम्लीहरुलाई प्रतेआत्मा कतिबेला भड्किन्छ भन्ने राम्राेसँग थाहा भएकाे बताए।

‘हाम्रा देवी/देउताका अनुसार जाे लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै मारिन्छ, मर्छ। जसले भरभराउँदाे जाेवन खान पाउँदैन उसकाे प्रतेआत्मा भड्किन्छ। प्रचण्डले तिनै उमेर समूहका मान्छेलाई जबर्जस्ती मर्न उत्साहित गरेका कारण तीनकाे आत्माले चैनसँग सुत्न दिएकाे छैन,’ उनले भने।

२०५८ साल कार्तिक २८ गते जुम्लामा माओवादीले आक्रमण गरकाे थियाे। त्यतिबेला लगभग चार सय जनाले ज्यान गुमाएका थिए। त्यसकाे दुई दशकपछि प्रचण्डले जुम्लामा आएर ज्ञानेन्द्रलाई लक्षित गरेर बाेलेपछि साेही दिन साेही मञ्चबाट शाहीले ती आत्माकाे चीर शान्तिकाे कामना गर्दै प्रचण्डलाई व्यङ्ग्य गरे।

उनले युद्धमा माओवादी कार्यकर्ताकाे प्रचण्ड भक्ति र क्रान्तिप्रतिकाे लगावलाई सम्झिदै भने,‘हिजाे सशस्त्र द्वन्द्वकाे बेला कार्यकर्ताहरु एक पटक प्रचण्डकाे मुख देख्न मात्रै पाए भने मरे पनि मुक्ति पाइन्थ्याे हाेला भनेर कामना गर्थे। तर प्रचण्ड सत्तामा पुगेपछि आज युवाहरु अरवकाे मरुभूमि र मलेसियाकाे जंगलमा पलपल मरिरहेका छन्।’

प्रचण्ड भक्तिले युवाहरुलाई खाडीमा पुर्‍याएपछि विकल्पकाे रुपमा आफूहरु राजनीतिमा आउनुपरेकाे भन्दै अब ती तमाम युवाहरु व्यवस्थापनकाे जिम्मा आफूले लिने शाहीले थपे।

‘मेराे लडाइँ यहाँ उम्मेदवार बनेकी मेरी दिदी र दाइहरुसँग हाेइन। उहाँहरु मेराे सम्मानका पात्र हुनुहुन्छ। म उहाँहरुकाे भारी बाेक्न मात्रै आएकाे हुँ,’ उनले सबै पार्टीका उम्मेदवारलाई सम्मान गर्दै प्रचण्डलाई निशाना बनाएर भने,‘जनताकाे सेवा गर्छु भनेर लाग्ने त नाेकरशाही प्रवृत्ति देखाएर भ्रष्टाचारीहरुकाे सेवामा तल्लीन हुने प्रचण्डकाे विरुद्ध मेराे लडाइँ हाे। उनीहरुका फाइल सदमा खाेलिनेछ।’

उनकाे उम्मेदवारीले जुम्लामा तरङ्ग उत्पन्न गरेपछि जित्ने सम्भावना बढेकाे विषयमा चर्चा हुन थालेकाे छ। तर, उनी जित्नु प्रतिगमन हाे भन्नेलाई भने पार्टीका सह– महामन्त्री तथा कर्णाली प्रदेशका समानुपातिक उम्मेदवार रमानन्द न्याैपाने तर्कसंगत जवाफ दिइरहेका छन्।

उनी राप्रपाका शालीन र बाैद्धिक नेतृत्वकाे रुपमा परिचित छन्। बलियातर्क दिन सक्ने उनले राप्रपालाई प्रतिगमनका पक्षधर भन्नेहरुले कस्ताे खालकाे अग्रगामी कदम चाले भन्दै प्रश्न गरे।

‘पञ्चाय गएपछिकाे तीन दशक पछिसम्म जुम्लालाई एक मन्त्री दिन नसक्ने, स्थानीय चुनमवमा आफ्नै पार्टीलाई हराउन लाग्नेहरु कसरी अग्रगामी भए ?,’ उनले भने,‘युद्धमा सबैभन्दा बढी दलित युवाहरुले सहादत प्राप्त गरेका थिए। तर, तिनै दलितलाई वडाअध्यक्ष पदमा उठाएर हराउन लाग्नेहरु कसरी अग्रगामी र परिवर्तनका पक्षधर ?’

उनले पञ्चायकालमा जुम्लामा विजुली बल्दा सुर्खेतमा समेत बिजुली नभएकाे प्रसंग उठाउँदै आजकाे सुर्खेत र जुम्लाकाे विकासकाे तुलना गर्दा जुम्ला पछि पर्नुकाे कारण नेतृत्व गलत मान्छेकाे हातमा पर्नु भएकाे बताए।

‘हाल चुनावी मैदानमा भएका सबै उम्मेदवारलाई जनताले एक पटक मत दिएर जिताइसकेका छन्। तर, उहाँहरुले केही गर्न सक्नु भएन,’ उनले भने, ‘हामीले कुनै लाभकाे पदमा नहुँदा पनि जनताकाे सेवा गरेकाे र गर्न सक्ने मान्छे मैदानमा उतारेकाेले मत दिनकाे लागि निवेदन गर्न चाहन्छु।’

जुम्लाकाे राजनीतिबाहेक सबै क्षेत्रमा बलियाे उपस्थिति रहेकाे प्रसंग काेट्याउँदै न्याैपानेले भने,‘कर्मचारीतन्त्रमा जुम्ला उच्च ओहाेदासम्म पुग्ने सम्भावना छ। तर, त्यसलाई साथ दिने नेतृत्व छैन। अब हामी राजनीति र कर्मचारीतन्त्रलाई जाेड्ने पुलकाे रुपमा विकल्प सहित आएका छाैं।’

मुद्दा नभएकाे र सिद्धान्त बिनाकाे पार्टीको आराेप लागिरहेको बेला ज्ञानेन्द्र शाहीले टाउके नेतालाई सिद्धान्तकाे सराेकार नहुने तर जनस्तरमा मात्रै सिद्धान्त हुने भन्ने नभएकाे बताउँदै पार्टी नभनेर व्यक्ति भन्न आग्रह गरे।

‘सिद्धान्त सबै पार्टीका राम्रा छन्। तर, त्यसबाट जनताले केही पाएनन्। सिद्धान्त भजाउने हामी जुम्ली दुर्गममा पर्छाैं। विकासका दृष्टिले निकै पछाडि छाैं,’ उनले भने, ‘मेराे संकल्प समग्र राष्ट्रकाे नेतृत्व जुम्लाले गराेस भन्ने हाे। त्यसैका लागि मेराे उम्मेदवारी हाे।’

उनले किसानकाे बहुमुल्य उत्पादन  सरकार नै किनि बजारसम्म लिएर जीवनस्तर उकास्ने आफ्नाे प्रमुख मुद्दा भएकाे बताए। ‘मलाई अहिले ठुला कुरा गर्नु छैन। हालसम्म बजार नपाएर कुहिने गरेकाे बहुमुल्य उत्पादन बिकाउने र जनताकाे जीवनस्तरमा उकास्ने जिम्मेवारी मेराे हुनेछ।’

प्रकाशित मिति: : 2022-11-14 21:00:00

प्रतिकृया दिनुहोस्