नेपाल आमालाई माया गर्ने मतदाताले मलाई भाेट दिनुहुनेछ : रमेश खरेल

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्, रमेश खरेल।

३० वर्षसम्म नेपाल प्रहरीमा रहेर देश र जनताको सेवा गरेका खरेल ‘नेपाल सुशासन पार्टी’बाट चुनावी मैदानमा उत्रिएका छन्।

यसरी लामो समय राष्ट्र सेवकको रूपमा काम गरेर अवकासको रमाइलाे जीवन बिताउनुपर्ने समयमा राजनीतिमा होमिएका खरेलसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


चुनावी अभियान कस्तो भइरहेका छ ?

हाम्रो प्रयास जारी छ। मतदातालाई अपिल गरिरहेका छाैँ। व्यवस्था, सुशासन, व्यवस्थापन, देश बुझेको र जनताको लागि इमानदारितका साथ बोल्ने कुरा रहन्छ। जनतालाई कसैबाट प्रभावित हुनु हुँदैन भनेर हामी चुनावी अभियानमा हिँडिरहेका छौँ। हामी सही मान्छेलाई भोट दिनुस् भनिरहेका छौँ, जो तपाईंहरुको आवाज सही ठाउँमा उठाउँछ।

कस्ता एजेण्डाहरु अगाडि सार्नुभएको छ ?

काठमाडौँ क्षेत्र नं. १ का मतदाताहरु सही मान्छे रोज्नु हुन्छ। यहाँ बसोवास गर्ने मानिसहरु सबै शिक्षित, बौदिक, सक्षम र कुनै न कुनै ठाँउमा जोडिएका हुनुहुन्छ। मैले यस क्षेत्रमा वास्तविक कुरा राखेको छु।

हाम्रो देशलाई विभिन्न देशहरुले गिद्दे आँखाले हेरिरहकेका छन्। मेरो मुख्य एजेण्डा भनेकाे राष्ट्रियता, सुशासन, भ्रष्टाचार र सबै निकायलाई स्वच्छ राख्नु हो। यो देशमा अहिले व्यापक भ्रष्टाचार, कानुनमा लापर्बाही छ। कानुन छ तर कार्यनन्वयन हुँदैन। ठुला व्यक्तिले बदमासी गर्दा उन्मुक्ति पाउँछन् भने साना र गरीबहरुलाई भने कानुनी कारबाही हुन्छ। दण्डहिनतको अन्त्य हुनुपर्छ।

सानाको आवाज तपाईं ?

हजुर सबैको आवाज हाे, म। मैले निष्ठका साथ मतादातहरुलाई भनेकाे छु, सत्य बोल्ने मान्छेलाई यहाँबाट जिताएर पठाउनुपर्छ भनेर। नेपाली काँग्रेसको ह्वीप जारी भएपछि कालोलाई सेतो बताउँछ भने एमालेको ह्वीप जारी भएपछि सेतो लाई कालो बताउँछ। त्यसहिसाबले म जहिले पनि जनताहरुकाे आवाज उठाउने छु। म इमानदारिताको साथ आवाज उठाउँछु। मेरो वास्तविकता र इतिहास हेरेर यहाँका मतादाताहरुले सही निणर्य गर्दिनुहुने छ।

तपाईंका चुनाव जित्ने आधार के–के हुन् ?

मेरो चुनाव जित्ने आधार भनेको मैले सुरुमा नेपाल प्रहरीमा हुँदा गरेका कामहरु सबैले हेरिसिक्नु भएको छ। म कसैसँग प्रभावित हुँदैन। लोभ, लालचा र पैसाको लागि म कसैसँग होमिन। नत्र भए नेपाल प्रहरीमा नै हुँदा कमाउथेँ। म निष्ठा र इमानदारिताका साथ जनताको लागि काम गर्ने छु। मलाई लाग्छ, यहाँका मतादाताहरु कसैबाट प्रभावित हुँदैनन्। मैले भनेको छु, म सबैको लागि काम गर्ने छु।

स्वतन्त्र उम्मेदवार धेरै हुँदा कति गाह्राे छ ?

यसमा केही फरक पर्दैन। उहाँहरु पनि उम्मेदवार नै हुन् तर यहाँका मतदाताहरुले राम्रो मान्छेलाई भोट दिँदा फरक पर्दैन। मैले मेरो बारेमा भन्नु त पर्दैन त्यहीँ पनि यहाँ मतदाताहरुले सही निर्णय लिनुहुन्छ भन्ने आशा गरेको छु।

मतदाताहरुबाट के कस्ताे प्रतिक्रिया पाइरहनु भएको छ ?

यहाँका मतदाताहरुले भन्नुहुन्छ, पहिलाका उम्मेदवारहरुले पाँच वर्षसम्म केही काम गर्नुभएन। उहाँहरुले पाँच वर्ष त्यतिकै खेर फाल्नु भयो, अब तपाईंको पालो भन्नुहुन्छ। पहिलाका विजेताले हाम्रो कुरा काहीँ उठाउनुभएन भनेर यहाँका मतदाताहरुको गुनासो पनि छ। हामीले नेतालाई जिताएर खुसी मात्र पारेका छौँ। यो गठबन्धन लुट्नकाे लागि हो। विशेष गरेर मतदाताहरले रमेश खरेलले हाम्रो लागि काम गर्नुहुन्छ भन्ने उपेक्षा राख्नुभएको छ।

अन्त्यमा, काठमाडौं क्षेत्र नं. १ का मतदाहरुलाई के भन्न चाहनुहुन्छ ?

मंसिर ४ गते हाम्रो लागि निकै ठुलो पर्व हो। यो पर्वमा यहाँका मतदाताहरुले सक्षम मान्छेलाई रोज्नु हुन्छ।

विवेक, इमानदार र नेपाल आमालाई माया गर्ने मानिसहरुले मलाई मतदान गर्नु हुनेछ। भोट हाल्नुभन्दा अगाडि एक पटक सोचौँ। सही मान्छेले जिते सही नेतृत्व हुन्छ नत्र भए काठमाडौं क्षेत्र नं. १ पहिलाको जस्तो हुन्छ।

प्रकाशित मिति: : 2022-11-14 22:00:00

प्रतिकृया दिनुहोस्