प्रिन्स ह्यारी र मेघन मार्कलले शाही परिवारसँग क्रिसमस नमनाउने

File photo
File photo

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी  मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा सहभागी नहुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रिन्स ह्यारीको विवादास्पद संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको ती सञ्चार माध्यमहरूले जनाएका हुन्।

उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ। ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मार्कलसँग बस्छन्।

प्रकाशित मिति: : 2022-11-14 13:56:00

प्रतिकृया दिनुहोस्