निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
केन्द्रिय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पदार्थ जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत् प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो।