केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) छाडेका धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा समावेश भएका छन्।
जसपा अध्यक्ष रहेका पटेलले गत हप्ता मात्र जसपाको साधारण सदस्यतासमेत त्यागेका थिए। पटेलले आफ्नो समूहका नेताहरुसहित आइतबार मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभामा प्रभु साहको हातबाट टीकामाला लगाई अभियानमा सामेल भएका छन्। पटेल देवाही गोनाही नगरपालिकाको पूर्वमेयर समेत हुन्।
कार्यक्रममा बोल्दै पटेलले केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका कारण आफू स्वतन्त्र अभियानमा जोडिएको बताए।
मधेसीको सवालमा सदैन अनुदार रहेको केपी ओलीसंग गठबन्धन गरेपछि जसपा विचलित भएकोले अब देश र मधेशले नयाँ शिराबाट मात्र निकास पाउन सक्ने भन्दै आफूहरु प्रभु साहको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको बताए।