मोरङ-३ ‘क’ मा मानबहादुर लिम्बूकाे मनोनयन दर्ता

मोरङ ३ ‘क’ मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन्।

बेलबारी-८ का लिम्बूलाई नेपाली कांग्रेसले आजै मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यको टिकट दिएको थियाे।

लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन्।

यस क्षेत्रका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो।

प्रकाशित मिति: : 2022-11-10 13:59:00

प्रतिकृया दिनुहोस्