नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यको टिकट मानबहादुर लिम्बूलाई दिएको छ।
बेलबारी ८ का लिम्बूलाई आज टिकट दिएको हो।
लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन्। क्षेत्र नम्बर ३ (१) का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो।
नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको बताए। लिम्बूले केही समयपछि मनोनयन दर्ता गर्ने उनले बताए।
लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेद्वार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन्।