आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्दै इश्तियाक राई

तेस्रो पटक चुनावी मैदानमा उत्रिएका जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो क्षेत्रका लागि भावी योजनाहरू बुधबार सार्वजनिक गर्ने भएका छन्।

निर्वाचन क्षेत्रको विकास र समृद्धिका लागि उनले आफ्ना योजना र कार्यक्रमहरू समेटिएको ‘दश दृष्टि’बारे बुधबार पत्रकारहरूसँग साक्षात्कार गर्दै आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्नेछन्।

यसअघि उनको पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ। ‘हामीले गर्न नसक्ने र असम्भव योजनाहरूको सपना बाँडेका छैनौं’, उम्मेदवार राईले भने, ‘यहाँका नागरिक र यो क्षेत्रको आवश्यकतालाई हामीले बुझेका छौं। त्यसैअनुसार हामीले आफ्ना भावी योजना र कार्यक्रमहरू सार्वजनिक गर्दैछौं।’

उनले अरूले जस्तो आफूहरूले मतदातालाई झुटा सपना र आश्वासनहरू नबाँड्ने पनि भन्दै कामको मूल्याङ्कन गर्न र आगामी दिनमा पनि विकासको सम्भावना बोकेको उम्मेदवारलाई मतदाता गर्न अपिल गरिएको बताए।

‘हामीले बनाएका र सार्वजनिक गर्न लागेका योजनाहरू कुनै महत्वाकांक्षी छैनन् र असम्भव पनि छैनन्’, उनले भने, ‘यहाँको क्षेत्रगत विकास र आम नागरिको समृद्धिका लागि हामीले राज्यस्तरमै नीति निर्माणको पहल पनि गर्नेछौं।’

प्रकाशित मिति: : 2022-11-09 10:27:00

प्रतिकृया दिनुहोस्