कालिकोटको तिलागुफा नगरपालिकाकाे खल्लागाड माेडमा मुगुबाट नेपालगन्ज जाँदै गरेकाे जीप दुर्घटनामा परी घाइते भएका थप दुई जनाकाे मृत्यु भएकाे छ।
उनीहरुकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. तुफानसिंह कठायतले बताए।
उनले भने, 'एक जनाकाे घटना स्थलमै मृत्यु भएकाे रहेछ। यहाँ मृत्यु हुनेमा रारा छायाँनाथ रारा नगरपालिका मुगुका सुदर्शन सेजुवाल र मुगुकै ३१ वर्षीया रमेश बुढा हुनुहुन्छ।'
उनका अनुसार नाै जना घाइतेलाई प्रतिष्ठान ल्याइएकाेमा एक जनाकाे अवस्था अझै गम्भीर रहेकाे छ भने अरु ६ जनाकाे अवस्था सामान्य रहेकाे छ।
थप दुई जनाकाे मृत्यु भएसँगै जीप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ।