काठमाडौं उपत्यकाका नेवाः समुदायमा विशेष अवसरहरु जस्तै असोज शुक्ल पूर्णिमा (कती पुन्ही, कोज्रागत पूर्णिमा) र कार्तिक शुक्ल पूर्णिमा (सकिमिला पुन्ही, सकिमना पुन्ही, हलिमली पुन्ही, जह्रा पिन्ही) आदिमा भुटेका विभिन्न गेडागुडीहरुबाट भगवानको आकृति बनाई प्रदर्शन गर्ने परम्परा रहिआएको छ।
धार्मिक अतिक्रमण र गुठी प्रति सरकारको अनुदार नीतिको कारण क्रमशः लोप हुँदैगैरहेको यस परम्परालाई ललितपुरको सौगल स्थित सुम्बहाल नामसँगती खलःले बिगत ५ बर्ष देखि निरन्तरता दिँदै आईरहेको छ। यस बर्ष मन्जुश्रीको आकृति बनाई यहि मिति २०७९ कार्तिक २०, २१ र २२ गते प्रदर्शनीका लागि खुल्ला राखिएको छ।