मलाई जनताले काम गरेर देखाउने व्यक्तिकाे रुपमा बुझेकाे हुँदा चुनाव जित्नेमा ढुक्क छु : देवेन्द्रबहादुर शाही

२०७४ सालकाे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका देवेन्द्रबहादुर शाही यतिबेला स्वतन्त्र उम्मेदवार बनेका छन्। तत्कालीन समयमा एमाले र माओवादीकाे गठबन्धन हुँदा समेत पार्टीको साख जाेगाउन भनी चुनावी मैदानमा उत्रिएका उनी यतिबेला भने पार्टीले अन्याय गर्‍यो भन्दै जुम्लाकाे क्षेत्र नं. (क) बाट प्रदेश सभा सदस्यकाे लागि स्वतन्त्र उम्मेदवार बनेका हुन्।

चुनावी माहोल तातितै गर्दा उनलाई बलियाे प्रतिस्पर्धीकाे रुपमा हेरिएकाे छ। जनतामाझ लाेकप्रिय शाही चुनावी एजेन्डा सँगै भावनात्मक मत लिएर चुनावी अभियानमा छन्। जनताकाे बीचमा रहेर उनीहरुका सुख दुःखमा हातेमालो गरेका उनकाे चर्चा दिनदिनै चुलिदैछ।

इतिहासदेखिका धेरैजसो निर्वाचनमा कांग्रेसकाे मत १२ हजार चानचुन रहेकाे छ। तर, उनी प्रतिनिधि सभाकाे उम्मेदवार बन्दा कांग्रेस जुम्लाले इतिहासमा सबैभन्दा धेरै मत १४ हजार तीन सय बढी पाएकाे थियाे। त्याे पनि एमाले माओवादी मिलेर चुनाव लडेकाे अवस्थामा। यिनै कारणले उनी जनतामाझ लाेकप्रिय रहेकाे आधार मिल्छ।

प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा उम्मेदवार बनेकाे गठबन्धनका ललितजंग शाही र एमालेका धिरेन्द्रराज गिरीलाई स्वतन्त्र उम्मेदवार शाही भारी बन्दै गएका छन्।

पेसाले निर्माण व्यवसायी उनले आजसम्म मजदुर ठगेका छैनन्। हरेक ठाउँमा ताेकिएकाे समयभन्दा अगाडि काम सकाउने उनी त्यहाँका स्थानीयसँग भिजेर काम गर्नेमा पर्छन्। त्यसैले उनले व्यक्तिगत सम्बन्ध पनि राम्राे बनाएका छन्। उनी आफ्नाे सम्बन्ध र कांग्रेसकाे भावनात्मक मतबाट बाजी मार्ने दाउमा छन्।

उनले पार्टीले टिकट दिने बेला गुटगत राजनीति हावी हुँदा आफू अन्यायमा परेपछि यसरी स्वतन्त्र उम्मेदवारकाे रुपमा चुनावी मैदानमा आएकाे बताएका छन्। गएकाे स्थानीय तहको चुनावी मत परिणामअनुसार कांग्रेस पहिलाे पार्टी हाे। तर, गठबन्धनकाे नाममा प्रतिनिधि सभाकाे उम्मेदवारकाे दाबी छाेड्नु नै आफूलाई पाखा लगाउने दाउ भएकाे उनकाे मत छ।

‘यताबाट मेराे नाम प्रतिनिधि सभाकाे सम्भावित उम्मेदवार भनेर सिफारिस गरियाे। तर, गठबन्धनकाे नाममा प्रतिनिधि सभा हामीले पाउनुपर्छ भनेर कुनै खालकाे लभिङ गरिएन,’ उनले भने, ‘याे भनेकाे सरासर मलाई लत्याउने दाउ हाे। पार्टी संगठनकाे लागि माखाे नमारेकाहरु हाबी हुने मेसाे हाे।’

नेतृत्वले वास्ता नगेपछि स्वभाविक विद्रोहका रुपमा स्वतन्त्र उम्मेदवारी दिएको शाहीको भनाइ छ। ‘पार्टीभित्र लगानी गरेका त्याग, तपस्या र बलिदानी दिएकाहरु पाखा लाग्दै जाने अनि भनसुन र चाप्लुसीका भरमा माखाे नमार्नेहरु नेता बन्दै जाने स्थिति बनेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ उनले भने।

उनले चुनाव प्रचारकाे क्रममा जनता आफैंले राम्रो काम गर्ने, जनमत भएको,  विश्वास पात्रकाे रुपमा प्रचारप्रसार गरिरहेकाे बताएका छन्।

उनले थपे,‘जनता कामै नगरी खानेलाई कुनै पनि हालतमा पछाडेरै छाेड्ने दाउमा छन्। दलहरुले काम नगरी खानेलाई जबर्जस्ती चुनावी मैदानमा धकेलेका कारण जनताले हामीलाई चुन्न सहज बनेकाे छ।’

२०४७ सालकाे जनआन्दाेलनदेखि २०६२/०६३ काे आन्दोलनमा प्रजातन्त्र प्राप्तिका लागि उनी संघर्षको मैदानमा थिए। प्रदेश आन्दोलनको अग्रमाेर्चामा रहेका उनी लोकतन्त्रका पक्षधर, कांग्रेस भित्रकै बहुमत सदस्य र अन्य दलको सम्मान जनक मतबाटै जित्नेमा विश्वस्त भएकाे बताउँछन्।

जल, जमिन, जंगल खानेपानीलगायत जनताका आधारभूत विकासका एजेण्डा बोकेर घरदैलाे अभियानमा रहेका शाहीले आफूलाई जनताले आशिर्वाद दिएकाे बताए।

‘अब जनता दलभन्दा माथि उठेर मतदान गर्ने बताइरहेका छन्। यसका लागि धेरै दिन कुर्नुपर्ने छैन,’ उनले भने, ‘वास्तविक उम्मेदवार जनताबाट अनुमाेदित हुन सक्नुपर्छ भनेरै चुनावी मैदानमा हाेमिएकाे हुँ।’

उनी तीन दशक यता राजनीतिमा सक्रिय छन्। तर, कुनै पनि खालकाे लाभकाे पाद लिएका छैनन्। निर्माण व्यवसायी हुँदा मजदुरदेखि गाउँका निम्न आय हुनेसँग हातेमालो गर्न सकेका कारण जनता उनकाे पक्षमा छन्। उनले भने,‘सबैले मेरो आनीबानीदेखि जीवनशैली राम्ररी बुझेका छन्। घरदैलोमा मैले कुनै सपना बाडेको छैन्। जे गर्छु जितिसकेपछि मात्रै गर्छु भन्नेमेरो सकंल्प छ।’

उनले कांग्रेस पार्टी आफूजस्ता इमानदार कार्यकर्ताकाे लगानी र विभिन्न खालका आन्दोलनकाे प्रतिफल रहेकाे बताए। ‘तर हाम्रो योगदानमा चाप्लुसी गर्नेहरुकाे रजाई हुनथालेपछि स्वभाविक विद्रोह गरेकाे हाे। नेताको चाकडी गरेर टिकट ल्याउनेलाई जनताले राजनीतिबाटै आउट गर्ने अवस्था अब आइसकेकाे छ,’ उनले भने।

शाहीले अगाडि थपे, ‘२०७४ को चुनावमा बामपन्थी दल एकतिर र नेपाली कांग्रेस एक्लै चुनाव लड्दा काँग्रेससमेत मैले इतिहासमा सबैभन्दा धेरै मत प्राप्त गरेँ। त्यस्तै माया मंसिर ४ को चुनावमा पनि पाउँछु। दलकै मतदाताले मलाई जिताउने छन्।’

‘जुम्ली छोरो नष्ट हुन्छ तर भ्रस्ट हुदैन’ उनकाे मुख्य नारा हाे। उनी निर्माण व्यवसायी हुँदा कुनै पनि निर्माण कार्य अधुरा छैनन्। सम्झौताभन्दा अघिनै काम सक्ने एक नमुना निर्माण व्यवसायी हुँदा उनकाे छवि स्वच्छ छ। त्यसैले उनी आफू नष्ट हुँदा समेत भ्रष्ट नहुने बाचा गरिरहेका छन्।

जुम्ली मतादाताकाे साथ सहयोगले जुम्लाको मुहार फेर्न सकिने उनको जोड छ। लामो समयदेखि शक्ति र सत्ताको आडमा राजनीतिलाई पेसा बनाइबसेका व्यक्तिहरु जुम्ला विकासकाे बाधक रहेकाे उनकाे मत छ।

‘शक्ति र सत्ताकाे आडमा गरिने अन्यायकाे विरुद्ध मेराे लडाइँमा जनताकाे साथ सहयोगकाे ठुलो अपेक्षा छ,’ उनले भने, ‘न्याय प्रेमी आम मतदाताहरु समृद्ध र सुन्दर जुम्ला बनाउने मेरो अभियानलाई सफल बनाउन लाग्ने विश्वास लिएको छु।’

पार्टीभित्रकाे बलियो पंक्ति, अन्य दलका समर्थक र इमानदारीताका पक्षधर आफ्ना मतदाता ठान्ने उनकाे चुनाव चिन्ह धाराे रहेकाे छ।

प्रकाशित मिति: : 2022-11-07 07:00:00

प्रतिकृया दिनुहोस्