बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।
सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्री अगाडि डिभाईडरमा ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो घाइते भएका छन्।
घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ। अन्यको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको छ।