महराले भने– मंसिर ४ को चुनाव सामान्य देखेको छैन

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मंसिर ४ गते हुने चुनाव अन्य समयको जस्तो सामान्य चुनाव नरहेको बताएका छन्।

दाङ निर्वाचन क्षेत्र नम्बर–३ अन्तरगत गठबन्धनका उम्मेदवारहरुको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै उनले मंसिर ४ को चुनाव अघिल्लो वर्षहरुमा हुने चुनाव भन्दा फरक रहेको बताए।

केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशमा गठबन्धन बनेको भन्दै उनले भने, 'त्यसपछि संविधान रक्षा गर्ने र नगर्नेहरुको बीचमा गठबन्धन बनेको छ । यो चुनाव अघिको जस्तो सामान्य पार्टीपार्टीबीचको स्वच्छ प्रतिष्पर्धा होइन।'

महराले गठबन्धन केपी ओलीले पनि गरेको भन्दै त्यो गठबन्धन संविधान मास्न खोज्ने दलहरुबीचको रहेको बताए। उनले पाँच दलीय गठबन्धन संविधान रक्षाका लागि रहेको बताए।'पाँच दलीय गठबन्धन संविधान, संविधानबाट प्राप्त उपलब्धिको रक्षाका निमित्त, परिमार्जन गर्नका निमित्त हो भन्ने हामीले बुझ्नु पर्छ।

केपी ओलीको जस्तो राजवादीसँग होइन' उनले भने, युही नै प्रतिगमण र अग्रगमण जोडिएको छ।

प्रकाशित मिति: : 2022-11-04 17:16:00

प्रतिकृया दिनुहोस्