नेपालमा पछिल्लाे समय प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ।
निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरु आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन्।
जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरुको रणनीति छ । तर, मोरङको क्षेत्र नम्बर–३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माको दैनिकी भने फरक छ।
चुनावी प्रचारप्रसारलाई थाती राखेर उनी गरीब बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लागिरहेका छन्।
डा. शर्माकै पहलमा मोरङकाे बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाएका छन्।
आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेका थिए तर शर्माले उनको निःशुल्क उपचारको प्रबन्ध गरिदिए।
बानियाँको घर पुगेका उनले बानियाँलाई एम्बुलेन्समा राखेर उपचार गराउनका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएका हुन्। जुन अस्पताल शर्माकै स्वामित्वमा रहेको छ।
शर्माले बानियाँको निःशुल्क शल्यक्रिया गर्नका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिए।
आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ डा.शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो।