बिएल संवाददाता
दाँत माझ्न अल्छी गर्दा अनि मुखको राम्रो सफाइ नगर्दा सास गनाउन थाल्छ। सास गनाउने मान्छेको नजिक पर्न कोही पनि चाहँदैन।
नियमित दाँच माझ्ने र माउथवाशले कुल्ला गर्नाले सास फ्रेश रहन्छ। घरैमा माउथवाश तयार पार्न सकिन्छ।
ल्वाङ र दालचिनी
पानीमा ल्वाङ र दालचिनीको तेल मिसाएर बनाएको माउथवाशले दिनको तीन मिनेट कुल्ला गर्नुहोला। यसले सास गनाउन छोड्छ अनि दाँत दुखेको, गिजा सुन्निएको र क्याभिटीको समस्या पनि हटाउँछ।
नून र बेकिङ सोडा
नून र बेकिङ सोडाबाट पनि माउथवाश बनाउन सकिन्छ। बेकिङ सोडाले मुखमा भएको ब्याक्टेरिया हटाउँछ र फेरि आउन दिँदैन। नुनले मुखको फोका हटाइदिन्छ। यस्तो माउथवाशले ३० सेकेन्ड कुल्ला गर्नुस् । बढी गर्दा गिजा बिग्रन्छ।
कागती
एक कप मनतातो पानीमा तीन चम्चा कागतीको रस मिसाउनुस्। ३० सेकेन्ड कुल्ला गर्नुस् अनि साधारण पानीले मुख धुनुस्। कागतीको साइट्रिक एसिडले मुखको ब्याक्टेरिया नाश गरिदिन्छ। दाँत र गिजालाई पनि यसले स्वस्थ राख्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया