राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार गणेश पौडेलको घरको गेटमा शंकास्पद बस्तु फेला परेको छ।
बुटवल उपमहानगरपालिका– नयाँगाउँ १२ स्थित उत्तम पथमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शंकास्पद फेला परेको हो।
शंकास्पद बस्तु बम हो या होइन भन्ने अहिलेसम्म एकिन भएको छैन। घटना स्थलमा प्रहरी उपस्थित भएपनि उक्त बस्तु पहिचान र बम भए डिस्पोजलकालागि सेना कुररिहेको छ।
सेनाको बम डिस्पोजल आएपछि बम हो होइन भन्ने एकिन हुने प्रहरीले जनाएको छ।