बिएल संवाददाता
भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।
बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो।
अधिकारीहरूका अनुसार विद्युत चुहावट भई सुरू भएको आगालागीपछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो।
'स्थानीय समयअनुसार बिहान २ः३० बजे छठ पूजाका लागि मेरी श्रीमतीले खाना पकाउँदै थिइन्। एक्कासि भवनमा आगो लाग्यो र सबैतिर फैलियो त्यसपछि हामी भाग्न थाल्यौं तर दोडिरहेका हामीहरू सुरक्षित स्थानमा पुग्नु पहिले नै खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भयो यसै कारण धेरै मानिस घाइते भए।'
परिवारका लगभग २० जना सदस्य घाइते बनेका स्थानीय व्यापारीे अनिल गोस्वामीले सञ्चारमाध्यमलाई बताए। आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए।
आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत आगोले पोलेर घाइते भएका समाचारमा जनाइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया