कांग्रेसले घोषणापत्र सोमबार सार्वजनिक गर्ने

File Photo
File Photo

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय सारेको छ।

आज अपरान्ह ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणापत्र सार्वजनिक गरिने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणापत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ।

प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत गएका थिए।

प्रकाशित मिति: : 2022-10-23 17:19:00

प्रतिकृया दिनुहोस्