पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन

समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ।

मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो।

उनको जन्म वि.स. १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी 

– विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन्।

– नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन्। अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ

– भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च। सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ।

– २०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद

– काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान

– चितवन कांग्रेसका लागि  नारायणगढको मुटुमै भवन दान

– गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

– नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान

– प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान

– पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान

– बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान

प्रकाशित मिति: : 2022-10-23 07:51:00

प्रतिकृया दिनुहोस्