चुनावी सुरक्षाबारे मानव अधिकार आयोगको चासो

File photo
File photo

राष्ट्रिय मानव अधिकार आयोगले चुनावी सुरक्षाबारे सुरक्षा अधिकारीसँग छलफल गरेको छ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा पनि आफ्नो जोड रहेकाे बताए।

सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौतीलाई ख्याल गरेरै सुरक्षा तयारी गरिएको बताएका छन्।

छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवम् सुरक्षा निकायका अधिकृत लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2022-10-21 18:30:00

प्रतिकृया दिनुहोस्