निर्वाचन अवधिभर म्यादी नै प्रहरी हुन्–एसएसपी पोखरेल (भिडियाेसहित)

शनि शाक्य

ललितपुर

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले आउँदो मसिंर ४ गते हुने निर्वाचनका लागि सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको बताएका छन्। 

म्यादी प्रहरीलाई तालिम दिन सुरु गरेसँगै निर्वाचनमा खटाइने तयारी भएको उनले बताए। 

‘अहिले हामीले १३०८ जना म्यादी प्रहरीलाई तालिम दिइरहेका छौँ’ बिएल नेपाली सेवासँग उनले भने, ‘उहाँहरुलाई १० दिनसम्म तालिम दिइसकेपछि निर्वाचन क्षेत्र खटाउन सुरु गर्नेछौँ।’  

निर्वाचन अवधिभर म्यादी प्रहरीले काम गर्ने बताउँदै उनले भने, ‘निर्वाचन नसकिएसम्म म्यादी नै प्रहरी हुन्।’ 

ललितपुरले निर्वाचनका लागि पूर्व म्यादी प्रहरीलाई समेत खटाएको उनले बताए। ‘हामीले तालिम दिएका ६०७ जना भूपु म्यादी प्रहरीहरु हुन् भने ७०१ जना नयाँ भाइबहिनीहरु हुन्।’

निर्वाचनका लागि उनीहरुलाई ९ वटा स्थानमा खटाइने बताउँदै उनले भने, ‘सानेपालगायतका क्षेत्रहरुमा उहाँहरुलाई खटाइनेछ।’ 

प्रकाशित मिति: : 2022-10-20 18:10:00

प्रतिकृया दिनुहोस्