बिएल संवाददाता
स्वतन्त्र अभियानका एउटा ‘युथ आइकन’ अनुप बोहरा यतिबेला चुनावी मैदानमा होमिएका छन्। उनी प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार हुन्।
गत स्थानीय तहको निर्वाचनमा ‘बालेन अभियान’का सारथि उनी यसपटक आफै चुनावी मैदानमा उत्रिएका छन्।
उम्मेदवार बोहरा आजभोलि प्रचारप्रसारमा छन्। दिनदिनै मतदाता भेट्छन्। आफ्ना एजेन्डा सुनाउँछन् अनि जन्मथलोका मतदातालाई मत माग्छन्।
त्यसो त युवा अभियन्ता बोहरा ‘टुरिस्ट उम्मेदवार’ होइनन्। काठमाडौंमै जन्मे। काठमाडौंमै हुर्के। काठमाडौंलाई नै कर्मथलो बनाएका उनी काठमाडौं–२ का मतदाता रिझाउने एउटा अभियानमा छन्।
‘खुकुरी क्रस’ चुनाव चिन्ह लिएर टोल–टोलमा पुग्दा मतदाताबाट सकारात्मक सुझाव पाइरहेका छन्। बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका उनी व्यवसायीसमेत हुन्।
स्थानीय युवा तथा अग्रजहरूको सल्लाहमा काठमाडौं–२ बाट उम्मेदवारी दिएका उम्मेदवार बोहरा हर–प्रहर जनतासँगै छन्। मतदाताको चासो गुनासो सुन्छन्। दिगो विकास र ‘काठमाण्डू सपना’बारे चर्चा गर्छन्।
‘म काठमाडौंको बासिन्दा हुँ। राजनीति मेरो कर्म हो। मेरो आफ्नै पेशा छ। राजनीतिलाई पेशा ठान्दिनँ। दलगत स्वार्थभन्दा माथि उठेको छु,’ बोहराले भने, ‘काठमाडौं–२ बाट चुनाव जितेर गएका कैयौँ नेताहरू हराए। यसपटक पनि चुनाव लड्नकै लागि कतिपय नेताहरू मेरो निर्वाचन क्षेत्रमा आएका छन्। उनीहरूका कुनै विकासे एजेन्डा छैनन्।’
एकातिर सत्ता गठबन्धन अनि अर्कोतिर एमाले गठबन्धन। तर यी दुबै गबन्धनभन्दा भिन्नै चुनावी अभियानमा छन्, उनी। ‘केटीएम–महानगर’का मेयर बालेन शाहलाई जिताउन खटिएका उनी नयाँ प्रचारशैलीमा छन्।
स्वतन्त्र चुनावी अभियानमा देखिएका युवाहरू भन्छन्– यो शैली बालेनशैली हो। युवा जमात एक ठाउँमा उभिएको छ। दलहरू भ्रष्ट भए, उम्मेदवारहरू ‘टुरिस्ट’। हामीहरूले हिजो बालेन शाहलाई जितायौँ, अब अनुप बोहरालाई जिताउँछौँ।
स्रोतका अनुसार बालेनको चुनावी अभियानमा यीनै युवाहरू थिए, जो अहिले अनुपसँगै छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया