जनमत : स्वतन्त्र सांसदले मुलुक धान्न सक्दैनन् (भिडियाे)

BreaknLinks
BreaknLinks

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेताहरूले उम्मेदवारी दर्ता गरेसँगै सबैलाई चुनावी चटारोले छोपिसकेको छ।

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु जनता समक्ष पुग्न थालिसकेका छन्। यससँगै दलहरु र उम्मेदवारहरु आफ्नो पार्टीको सिद्धान्त, विचार, एजेन्डा र योजना बुझाउँदै जनताको मत तान्न लागि परेका छन्।

कोही पार्टीका विभिन्न खालका विचारधारा बोकेका उम्मेदवारलाई भोट हाल्ने पक्षमा जनताहरु छैनन्। उनीहरु हाम्राभन्दा राम्रा मान्छे, काम गर्ने उम्मेदवारलाई भोट हाल्ने पक्षमा छन्। भने, कोही स्वतन्त्रले काम गर्दैनन्, उनीहरुको विचार छैन भन्दै पार्टीगत भोट हाल्ने पक्षमा रहेका छन्।

आगामी निर्वाचनमा कस्ता उम्मेदवार अगाडि आउनुपर्छ ? मतदाताले कस्ता उम्मेदवार चाहन्छन् ? भन्ने प्रश्न काठमाडाैँकाे नयाँ बनेश्वरमा भेटिएका मानिसहरूलाई साेधेका छाैँ :


भिडियाे:

प्रकाशित मिति: : 2022-10-17 18:50:00

प्रतिकृया दिनुहोस्