तिहार नजिकिएसँगै ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ।
भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन्। यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ।