गुल्मी एमालेमा पहिरो : सत्ता गठबन्धनमा प्रवेश गर्नेको लहर

गुल्मीमा एमालेका नेता तथा कार्यकर्ताहरु सत्ता गठबन्धनमा प्रवेश गर्ने लहर चलेको छ। गुल्मीमा भएका सत्ता गठबन्धनका विभिन्न कार्यक्रमहरुमा एमालेबाट विद्रोह गरी सयौँ नेता तथा कार्यकर्ता सत्ता गठबन्धनमा प्रवेश गरेका छन्।

गुल्मीको सिमलटारीमा असाेज १७ गते भएको कार्यक्रममा रामु थापालगायत दर्जनौँ युवाहरु एमाले परित्याग गरी सत्ता गठबन्धनमा प्रवेश गरेका थिए त्यसको केही दिनपछि मालिका गाउँपालिका वडा नम्बर -८ का पूर्व वडा सदस्य तथा एमाले नेता पिताम्वर पौडेललगायत युवाहरु गठवन्धनमा आवद्ध भएका थिए।

त्यस्तैगरी केहीदिन अगाडि अर्खले -४ मा ज्ञानबहादुर दर्लामी एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। असाेज ३० गते नेकपा एमाले मालिका गाउँपालिका वडा नम्बर ७ का सहसचिव ताराबहादुर केसीलगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

असाेज ३१ गते धुर्कोट -१ नयाँगाउँमा नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य सुरज सुनारसहित दर्जनभन्दा बढी युवाहरु गठबन्धनमा आवद्ध भएका छन्।

गठबन्धन प्रवेश गर्नेहरुलाई नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सचिव तथा गुल्मी २ नम्बर क्षेत्रमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाकी उम्मेदवार रामकुमारी झाँक्री, प्रदेश २ (ख) का सत्ता गठबन्धनका उम्मेदवार तथा माओवादी जिल्ला संयोजक बुद्धि जिसी र काँग्रेस नेता त्रैलोक्य प्रताप सेनले टीका र खादा लगाएर गठबन्धनमा स्वागत गरेका छन्।

एमालेबाट विद्रोह गरी सत्ता गठबन्धनमा प्रवेश गरेकाहरुले एमालेका उम्मेदवारहरुलाई दशकौँदेखि मत दिएर जिताउँदा पनि जिल्लाको विकास हुन नसकेको र जनताका समस्या ज्यूँका त्यूँ भएको हुनाले विद्रोह गरेको र अहिले गुल्मीमा नयाँ अनुहारलाई अवसर दिएर हेर्नुपर्ने बताएका छन्।

अहिले गुल्मीमा सत्ता गठबन्धनको माहोल छाएको र गठबन्धनका उम्मेदवारमाथि जनताको विश्वास भएका कारण धेरै अन्य पार्टीबाट विद्रोह गरी प्रवेश गर्ने, प्रवेश नगरेकाहरुले पनि भोट सत्ता गठबन्धनलाई दिने कुरा सत्ता गठबन्धनका नेताहरुले बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2022-10-17 14:57:00

प्रतिकृया दिनुहोस्