नेकपा माओवादी केन्द्रको तर्फबाट झापा क्षेत्र नं. ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार गगन पुरीविरुद्धको मुद्दा खारेज भएको छ। सर्वोच्च अदालतले उनको उम्मेदवारीविरुद्ध परेको मुद्दा खारेज गरेको हो।
एमाले केन्द्रीय सदस्य गोविन्द थापाले प्रतिशोध साध्न कानुन व्यवसायी लगाएर सम्पति शुद्धीकरणमा मुद्दा चलिरहेको भन्दै पुरीको उम्मेदवारीविरुद्ध सर्वोच्चमा रिट हालेका थिए।
सर्वोच्चले दाबी नपुगेको भन्दै आइतबार मुद्दा खारेजी गरेको हो। पुरीसँग एमालेका तर्फबाट गोविन्दका दाइ होमबहादुर थापा चुनावी मैदानमा छन्। अधिवक्ता अनिल आचार्यले पुरी, कांग्रेस नेता बिजयकुमार गच्छदार सहित नौ जनाको उम्मेदवारी कायम हुन नसक्ने दाबीसहित सार्वजनिक सरोकारको रिट सर्वोच्चमा दायर गरेका थिए।
सवोच्चले रिट खारेज गरिदिएसंगै गठबन्धनका साझा उम्मेदवार गिरीले आफू माथिको षडयन्त्र सर्वोच्चले रोकिदिएको बताए।आफूमाथि राजनीतिक प्रतिशोध साँधेर षडयन्त्र गरिएको भन्दै सत्यको जित भएको बताए।
आफ्नो जितको माहोलबाट पराजित मानसिकता बोकेका र निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएकाहरुको षड्यन्त्र सर्वोच्चले रोकेको भन्दै पुरीले आफ्नो बिजयको यात्रा सुरु भएको बताए।