नेकपा (एमाले)बाट मुगुमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु कार्कीले केही दिनअघि बाढी पहिरोले क्षति पुर्याएकाे क्षेत्रमा स्थलगत अवलाेकन गरेका छन्।
नेता कार्की, प्रदेश सभाका उम्मेदवार जितबहादुर मल्ल र जिल्ला इन्चार्ज मोहन बाँनियासहितकाे टाेली छायानाथ रारा नगरपालिकास्थित सालिम, डाँडापानी, चराब, जिउला, ढाकोट, रोभा, र्यान्चेघाटियालगायतका क्षेत्रमा पुगेर अवलाेकन गरेकाे हाे। त्यसक्रममा उनीहरूले क्षतिकाे विवरणसमेत संकलन गरेका छन्।
यही असाेज २३ गते छायानाथ रारा नगरपालिकाको सालिम गाउँमा पहिरोमा पुरिएर ८ जनाले ज्यान गुमाएका थिए। भने, ६० घर पुर्ण रुपमा क्षतिग्रस्त भएका छन्। विपतमा परेका स्थानीयको घरदैलौमै पुगेर कार्कीले तत्काल र दीर्घकालीन समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
विपतको घडीमा आफ्नो घरदैलामा आएर यसरी साहानुभूति दिएको भन्दै स्थानीयले कार्कीलाई स्यावासी समेत दिएका थिए। कार्कीले घरदैलोकै क्रममा स्थानीयहरुका समस्या समेत बुझ्दै त्यसको समाधान खोज्नेतर्फ लाग्न थालेका छन्।