दाङमा खाडलमा पुरिएको अबस्थामा किशोरकिशोरी शव फेला

File photo
File photo

दाङमा एउटै खाडलमा पुरिएको अबस्थामा किशोरकिशोरी शव फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षिया रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाटै हराएका थिए।

उनीहरुको शव आज विहान जंगलमा गाडिएको अवस्थामा स्थानीय देखेका थिए। त्यसपछि प्रहरीलाई स्थानीयले खबर गरेपछि अहिले प्रहरीले घटना स्थल पुगेको छ। 

घटना शंकास्पद भएको र थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: : 2022-10-16 16:42:00

प्रतिकृया दिनुहोस्