प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन्।
आइतबार निधन भएका शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगर परिसरमा पुगेका प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलिका अर्पण गरेका हुन्।
प्रधानमन्त्री देउवाले पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा पुगेर जोशीकाे पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलिका अर्पण गरेका हुन्।
उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आइतबार बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो।