मोरङ क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मालाई जिताउनका लागि संयुक्त विज्ञप्ति जारी गरिएको छ।
संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवार डा. शर्मासहितका उम्मेदवारलाई जिताउन संयुक्त विज्ञप्ति जारी गरेर अपिल गरिएको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा डा. शर्माले प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार छन्।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशकुमार खड्का, नेकपा माओवादी केन्द्रका क्षेत्रीय संयोजक खेमराज भट्टराई (दीपक) र नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य चण्डीप्रसाद राईले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्तासहित आमनागरिकमा अपिल गरेका हुन्।
जसका लागि नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्यूरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको छ।
‘संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका निम्ति नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न शीर्ष नेताहरूबीच आ–आफ्नो पक्षहरूबीच व्यापक जनपरिचालन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ।