राष्ट्रिय जनमाेर्चाले गठबन्धनबाट अर्घाखाँची १ काे ‘क’ मा उम्मेदवारी कायम गरेकाे छ।
राष्ट्रिय जनमाेर्चाले अर्घाखाँचीकाे दुवै क्षेत्रमा उम्मेदवारी दिएकाे थियाे। राष्ट्रिय जनमाेर्चा १ ‘क’ मा सागर केसी र १ ‘ख’ मा जिवलाल पाैडेल (गाेपाल) उम्मेदवारी दिएका थिए।
गठबन्धनले मिलाउने क्रममा १ ‘क’ मा नेकपा माओवादीले उम्मेदवारी फिता गरेपछि राष्ट्रिय जनमाेर्चाका सागर केसी र १ ख’ बाट काँग्रेसबाट कमल भुसाल गठबन्धनभित्र परेका हुन्।
अर्घाखाँची ख’ बाट जिवलाल पाैडेल (गाेपाल) ले उम्मेदवारी फिर्ता गरेपछि काँग्रेसका कमल भुसालले गठबन्धनमा परेका हुन्।
अर्घखाचीमा नेपाली काँग्रेसकाे प्रतिनिधि सभामा पुस्पा भुसाल गठबन्धनको साझा उम्मेदवारकाे रूपमा छिन्।
यता राष्ट्रिय जनमाेर्चाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ ‘ख’ वाट रूपेश दानी, सुर्खेत १ (ख) बाट राजमोका मोहन थापा, दाङ १ (क) मा राजमोका महेशचन्द्र रिजाल, गुल्मी १ (क) मा राजमोका ओमबहादुर कुँवरलाई उम्मेदवार बनाएकाे छ।
अर्घाखाँची वाहेकका प्रदेशसभाहरूमा राष्ट्रिय जनमाेर्चाले मित्रवत तवरले प्रतिस्पर्धा गर्ने भएकाे छ।