प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी भएको शंकर पोखरेलको खुलासा

File Photo
File Photo

एमाले महासचिव शंकर पोखरलले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका छन्। रौतहट ३ मा पार्टीको उम्मेदवारको टिकट लगेर अन्तिममा आफू स्वतन्त्र उठेपछि प्रभु साह विवादमा आएका छन्।

प्रभु साहको यो कार्यशैलीको एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन्। उनले साह पहिलेदेखि नै संदिग्ध गतिविधिमा रहेको सूचना आफूले पाएकोसमेत खुलासा गरेका छन्। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त साहलाई हरियो सर्पको विशेषण नै दिएका छन्।

प्रभु साहले मधेसमा एमाले र जसपाबीचको तालमेलप्रति आपत्ति जनाउँदै जसपाले उम्मेदवारी दिएका सबै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन्। उनले पार्टीले जसपालाई मधेस बुझाएको टिप्पणी गरेका छन्। तर, एमाले महासचिव पोखरेलले जसपासँगको तालमेलको सम्झौता बैठकमा प्रभु साह नै सहभागी भएको र सोही निर्णयअनुसार आफूले टिकट लगेर मनोनयनको दिन समय गुजारेर स्वतन्त्र उम्मेदवारी दिएको खुलासा गरेका छन्।

पोखरेलले बुधबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै साह अराजनीतिक षडयन्त्रको नमुना भएको आरोप लगाएका हुन्। उनले लेखेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता वैठकमा सहभागी हुनु भो। उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बस्नु भो। निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो। तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो। राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन। यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो।

होरमैला व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको थियो। 
पाँच वर्षसम्म निजगढ नगरको फोहोरमैला व्यवस्थापन गर्ने गरी ५० लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको थियो।

देशभरका ठूला सहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेला निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए। 
तर सम्झौतामा भने फरक रहेको पाइएको छ। सम्झौताअनुसार निजगढ नगरपालिकाले पाँच वर्षमा दुई करोड १८ लाख ५० हजार चार सय ग्रीन एन्ड क्लिन सिटी हेटौंडालाई भुक्तानी दिनुपर्ने सहमति भएको देखिन्छ। 

नगरपालिकाले पहिलाे वर्षमा ६५ लाख, दोस्रो वर्षमा ५२ लाख, तेस्रो बर्षमा ४१ लख ६० हजार, चौथो बर्षमा ३३ लाख २८ हजार र अन्तिम पाँचौँ वर्षमा २६ लाख ६२ हजार ४ सय भुक्तानी नगरपालिकाले दिनुपर्ने सहमति भएको देखिन्छ। 

फोहोर व्यवस्थापनका लागि अस्थायी ल्याण्डफिल साइटसमेत बनाएको छैन। कोल्हवीको जंगलमा संकलन गरेको फोहोर ग्रीन एन्ड क्लिन सिटी हेटौंडाले तीन वर्षदेखि यहाँ फोहोर फालिरहेको छ। संकलन गरिएको फोहोर प्रशोधन नगरी लगेर फाल्ने गरिन्छ। यस्तो ल्याण्डफिल साइट वातावरण र मानवीय स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।

करिब ४० हजार जनसंख्या रहेको निजगढ नगरपालिकाको साबिक निजगढ गाउँपालिकामा २० हजार जनसंख्या रहेको छ। यस क्षेत्रमा मासिक पाँच टन फोहोर उत्पादन हुने गर्दछ। यसका निम्ति कुनै अन्य निकायको आवश्यकतासमेत पर्दैन। नगरले नै फोहोर संकलन गरेर मोहोर बनाउन सक्छ।

सम्झौताअनुसार फोहोरमैला कानुन, वन वातावरण संरक्षण र जनस्वास्थ्यविपरीत निजगढ बकैया पुल दक्षिणतर्फको नदी किनारमा डम्पिङ गर्दै आगो लगाउँदै प्लास्टिक, शीशा, धातुजन्य फोहोर मैला व्यवस्थापन गर्दै आएकाे छ। यो सम्झौता २०८२ माघ मसान्तसम्म लागू हुने सम्झौतामा उल्लेख छ। 

प्रकाशित मिति: : 2022-10-12 12:34:00

प्रतिकृया दिनुहोस्