एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका साह भन्छन्-विकास र समृद्धिका लागि मेराे उम्मेदवारी

file Photo
file Photo

नेकपा (एमाले) बाट टिकट नपाएपछि युवा नेता चन्द्रभुषण साह बागी भइ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा सर्लाही निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

आइतबार दिउँसो लालबन्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

लोकप्रिय युवा नेता सीबी साहको सचिवालय अहिले चुनाव केन्द्रित तीव्र तयारीमा जुटेका छन्। यसअघि पनि स्थानीय निर्वाचनमा मेयर पदमा लड्ने चौतर्फी चर्चाका बाबजूद पनि साह पछि गएर पार्टीका समकक्षी र सिनियर नेताहरुको सल्लाह एवं दबावमा सांसदको चुनाव लड्न पछि हटेका थिए।

सर्लाही जिल्लाको ईश्वरपुर-२ निवासी युवा नेता चन्द्र भुषण साह स्थानीय जनताका बीच निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन्। उनको बौद्धिक क्षमता र कार्य कुशलताबाट प्रभावित भएर आफ्नो पार्टी संगसगैं अन्य पार्टीका सीनियर नेताहरुले समेत उनको खुलेरै प्रशंसा गर्ने गरेको पाइन्छ।

सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको लगभग डेढ दशक लामो अनवरत राजनीतिक यात्रा भने निकै नै अभाव-दबाव, हनडर-ठक्कर र उताड चढावका बाबजूद पनि रोचक र सफल नै रहेको मान्न सकिन्छ।

यसअघि सीबी साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्री प्रभु साहको राजनीतिक सल्लाहकारको रुपमा ऐतिहासिक भूमिका निर्वाह गरिसकेका छन्।

आईटी आर्मीका राष्ट्रिय संयोजकसमेत रहेका सीबी साह मुख्यतः मधेश प्रदेश संगसगैं राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाउन सफल भएका छन्।

नेपालमा नयाँ सोच र युवा जोशका साथ पारदर्शिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागी महत्वपूर्ण लडाई लड्ने आफु देशको एक जिम्मेवार सिपाही रहेको बताउने साहले विगत लामोसमयदेखि अनवरत रुपमा युवा-विद्यार्थी, महिला, मजदूर, किसान, दलित लगायतका सिमान्तकृत, बञ्चित एवं पीडित-उत्पीड़ित वर्ग तथा समुदायको हक अधिकारका लागी शशक्त रुपमा आवाज बुलन्द गर्दै आईरहेको कारणले गर्दा आमजनतामा साहको एउटा अलग किसिमको प्रभाव एवं लोभलाग्दो क्रेज रहेको छ।

सर्लाहीका आमजनता बीच सीबी साह निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन्। मधेश प्रदेशको स्थायी राजधानी एवं प्रशासनिक केन्द्र सर्लाहीमा बनाउनुपर्ने अभियानका संयोजक समेत रहेका साह मुख्यतः आफ्नो विशेष पहलकदमीमा सहरी विकास मन्त्रालयबाट आफ्नो जन्मधर्ती ईश्वरपुरलाई नयाँ सहरको रुपमा अगाडि बढाउनुको साथसाथै त्यस आशपासका विभिन्न गाउँ-ठाँउहरुमा शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, तटबन्ध र खानेपानि लगायतका क्षेत्रहरुमा केहि महत्वपूर्ण कार्यहरु गराउदै जनतामाझ लोकप्रियता कमाएका हुन्। त्यसैले, युवा नेता साहलाई सर्लाहीमा बदलाव, विकास र समृद्धिका एक शशक्त अभियानिको रुपमा समेत चिन्ने गरिन्छ।

साहको सचिवालय भन्छन्, 'अहिलेको समयमा सक्षम, कुशल एवं दुरदर्शी युवा नेताको देशव्यापी रुपमा चौतर्फी डिमाण्ड छ। त्यस कारण पनि उहाँलगायत हाम्रो पुरा टीमको नयाँ सोच, शैली र सामर्थ्यलाई सही एवं सार्थक रुपमा सदुपयोग गर्दै यस क्षेत्र र क्षेत्रवासी जनताको सेवा गर्ने विशेष अवसर आमजनताले हामीलाई दिन्छ, भन्ने कुराको विश्वास लिएका छौं।'

क्षेत्रवासी जनताले सीबी साहलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको बताइन्छ। स्थानीय जनताको हरेक सुखदुखमा सीबी साह जहिले पनि उभिरहेका हुन्छन्। युवा नेता साह जनताद्वारा निर्वाचित कुनै महत्वपूर्ण जिम्मेवार पदमा नपुग्दै त्यहाँका अन्य जनप्रतिनिधिहरुभन्दा पनि बढी काम गरेको कुरा स्थानीयहरु नै बताउँछन्। जसले गर्दा उनले आफ्नो क्षेत्रमा मजबूत पकड़ बन्नाउनुको साथसाथै जनतामाझ एउटा आशा एवं भरोसा योग्य युवा नेताको रुपमा स्थापित भएको पाइन्छ।

प्रकाशित मिति: : 2022-10-11 17:19:00

प्रतिकृया दिनुहोस्