आसन्न हुन मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेरद्धारी दिएका छन।
तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आईतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उमेरद्धारी दिएका हुन। २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन उमेरद्धारी दिएका हुन।
मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आईतबार नै राजिनामा गरी उमेरद्धारी दिएको कटुवालले बताए। उनी भन्छन् ’राजनिति पार्टीबाट मात्रै जनताको भावना अनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उमेरद्धारी दिएको हुँ। जनताको माझ गएर जनता कै हितमा काम गर्ने अठोटका साथ मेरो उमेरद्धारी हो। आशा छ मेरो स्वतन्त्र उमेद्धारीमा जनताले साथ दिनु हुने छ।‘
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधी सभाका लागि १० र प्रदेसभाका लागी १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ। यो सँगै तेह्रथुममा ३ पदका लागी २८ जनाले उमेरद्धारी दिएका छन। २ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडाहरु रहेको छन। जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार १ सय ३९ महिला ३६ हजार ७ सय ९४ रहेका छन। प्रकाश पाक्साँवा