मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल र कांग्रेस नेतृ सुजता कोइरालाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
दुवै जनाले आइतबार दिउँसो रतुवामाईमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेरे उम्मेदवार दर्ता गराएका हुन्। उनीहरुसँगै प्रदेशसभाका उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गरेका छन्।
क्षेत्र नम्बर २ को प्रदेश (क) मा एमालेका डिबी कार्की र गठबन्धनका तर्फबाट माओवादीका गणेश उप्रतीले उम्मेदवारी दर्ता गराएका छन्। उप्रेती अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रदेश संसदमा पराजित भएका थिए।
प्रदेश (ख) मा एमालेका लिलाबल्लभ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। उनी सोही क्षेत्रबाट निर्वाचित संसद र प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत हुन्।
कांग्रसबाट विनोद कार्कीले प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन्।