एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही–२ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।