धनकुटामा एमालेबाट राजेन्द्र राईले पाए टिकट

नेकपा एमालेबाट धनकुटाको प्रतिनिधिसभा सदस्यमा राजेन्द्र राईले टिकट पाएका छन्। उनी नेकपा एमालेको केन्द्रीय सदस्य र धनकुटा इन्चार्ज पनि हुन्। 

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको धनकुटामा राई २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।  

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा निरन राई र (ख) मा इन्द्रमणी पराजुलीले टिकट पाएको एमाले स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2022-10-07 20:51:00

प्रतिकृया दिनुहोस्