नेकपा (एमाले)बाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन्। नेपाल प्रहरीका पूर्व आईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए।
प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खनालले प्रहरी प्रमुख भएर रिटाएर भएका थिए। प्रहरी सेवामा सुरुका दिनदेखि नै एक इमान्दार अफिसरको छवी कमाएका खनाल भर्खरै मात्रै देश र जनताको सेवा गर्ने भन्दै राजनीतीमा उत्रिएका हुन्।
काठमाडौं ६ मा नेपाली कांग्रेसले चाहिं भीमसेनदास प्रधानलाई टिकट दिने तयारी छ।