सन्दीप आज नेपाल आउँदै, बिहान १० बजे आत्मसमर्पण गर्ने

किशोरी बलात्कारको आरोप लागेका चर्चित क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन्।

सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन्।

'नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,' उनले भनेका छन्, 'मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु।'

आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरेका छन्। बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-10-06 06:00:00

प्रतिकृया दिनुहोस्