नीति, सिद्धान्त र उद्देश्यबिनाका राजनैतिक पसल चल्दैनन्ः केसी

File photo
File photo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्देश्य र नीति बिनाका राजनीतिक दल नचल्ने  बताएका छन्।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको लखनउमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा राजनीतिक पार्टीरुपी पसलहरू धेरै भएका तर, अधिकांशसँग स्पष्ट नीति, विचार र उद्देश्य नै नभएको बताए। नीति, सिद्धान्त र स्पष्ट विचार बिनाका राजनैतिक पसलहरु धेरै नचल्ने केसीले बताए।

केसीले भने, ‘अवसर, नेतृत्व र लाभको लागि काम गर्नेहरुका लागि नीति, निर्देशनको महत्त्व रहँदैन। उनीहरु नेतृत्वलाई बदनाम गर्ने र नीति सिद्धान्त मान्ने साथीहरुलाई पिछलग्गु भन्ने गर्दछन्।’

उनले विश्वको कम्युनिस्ट आन्दोलनमाथि नै हमला भइरहेको सन्दर्भमा आफ्नो पार्टीमाथि पनि हमला भइरहेको बताए।

वामपन्थी नेता आनन्द शर्माले प्रशिक्षण दिँदै अहिले देश राजनैतिक रुपमा तरल अवस्था रहेको र लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रसमेत संकटमा परेको बताए।

उनले प्रतिगमनका विरुद्ध प्रवासी नेपालीहरुले सशक्त प्रकारले प्रतिवाद गर्नुपर्नेमा जोड दिए। नेता शर्माले अवसरवादी हरुबाट बेलाबेलामा संगठनमाथि हुने आक्रमण विरुद्ध पनि सचेत बनेर सामना गर्न आग्रह गरे। मूल प्रवाहका कार्यकर्ताले संगठनको गौरवयम छविलाई थप मजबुत पार्ने विषयमा पनि ध्यान दिनुपर्ने धारणा राखे।

राजमो केन्द्रीय सदस्य सुरेश थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाहको गौरवयम इतिहास रहेको बताए।

उनले मूल प्रवाहका कार्यकर्ताले उच्च अनुशासन तथा सक्रियतासहित राजनैतिक–सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान दिइरहेको बताए। 

विभिन्न खाले महत्वाकांक्षी तथा अवसरवादीहरुबाट यो संगठनमाथि आक्रमण गर्ने कोसीश भइरहेको उल्लेख गर्दै थापाले भने, ‘पुरा भारत हाम्रो हो भन्नेहरु आज कुनाकाप्चामा पुगेका छन्।’
उनले एकता समाजले राष्ट्रिय मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गरे।

मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले न्याय समानता र शोषणविहीन समाज निर्माणलाई वर्गीय आन्दोलनसँगै जोडेर मूल प्रवाहले भारतमा सशक्त प्रकारले संगठित गर्नुपर्ने धारणा राखे। खनालले स्वदेशको प्रजातिन्त्रक आन्दोलनमा होमिने कार्यकर्ताहरु तैयार पार्दै संगठनलाई धनिभूत पारी रहेको समेत बताए।

सो प्रशिक्षणलाई जनजाति विभागका पि भिमबहादुर थापा, महिला विभागबाट फुलबिना पौडयाल, सांस्कृतिक विभागबाट जनकराज पौडयाल, विद्यार्थीबाट कृष्टि राई लगाएतले शुभकामना दिएका थिए।

प्रकाशित मिति: : 2022-09-25 20:39:00

प्रतिकृया दिनुहोस्