राष्ट्रिय सभाका पूर्व सचिव राधेश्याम भट्टराईको निधन

राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ। बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। 

उनको ७७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहेका थिए।

खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई साहित्यकारसमेत हुन्। उनका हलेसी तीर्थ काव्यसहित दर्जनौं कविता तथा साहित्यिक कृति प्रकाशित छन्।

प्रकाशित मिति: : 2022-09-22 20:40:00

प्रतिकृया दिनुहोस्