बिएल संवाददाता
स्वीडेनको नयाँ दिल्ली स्थित दूतावासले एन आर एन युरोप सम्मेलनमा आउन लागेका मध्य ५ जनाको मात्रै भिषा स्वीकृत गरिदिएको छ। स्वीडेनको राजधानी स्टकहोममा आगामी शनिबार र आइतबार हुन गइरहेको एन आर एन ए युरोप सम्मेलनको लागि दूतावासमा ८ जनाले आवेदन दिएका थिए।
स्वीकृत भएकाहरुको भिषा आवेदन नयाँ दिल्ली स्थित नेपाली दुतावास मार्फत गएको थियो। नेपाली दूतावासले समर्थन गरेका आवेदकहरु कुटनैतिक स्तरका रहेको दिल्ली स्थित स्विडिश दूतावासले जनाएको छ।
‘उक्त कार्यक्रमको आयोजकले नियोजित सम्मेलनको बारेमा दूतावासलाई जानकारी गराएको छ। हामीले आजसम्म यस सम्मेलनमा भाग लिनको लागि ८ वटा भिसा आवेदन प्राप्त गरेका छौँ र तीमध्ये ५ वटा स्वीकृत भइसकेको छ।
यी ५ भिसा आवेदकहरू कूटनीतिक र आधिकारिक राहदानी भएका थिए र उनीहरूका आवेदनहरू भारतस्थित नेपाली दूतावासले समर्थन गरेको थियो। ‘दुतावासको प्रवास विभागकी प्रमुख कन्सुलर लजिलजाना विटानोविक ज्यूरिक ले भनिन ‘स्वीडेनको दूतावासले सबै भिसा आवेदनहरू व्यक्तिगत रूपमा र भिसा कोड अनुसार प्रक्रिया गर्छ, जुन कानूनी रूपरेखा हो। आयोजकसँग सम्बन्धित विगतमा भिसा दुरुपयोगको कुनै पनि घटनाबारे हामीलाई जानकारी छैन।‘
एन आर एन स्वीडेनका अध्क्षय राज कुमार पाठकका अनुसार स्वीडेन सरकारले कार्यक्रमको लागि आउन लागेका विभिन्न व्यक्तिहरूको बारेमा सोधपुछ गरेको थियो।उनीहरू खाडी मुलुकका देशबाट युरोपेली सम्मेलनमा स्वीडेन आउन त्यहाँको दूतावासमा आवेदन दिएका थिए। त्यस्तै गरेर नेपाल देखि आउनको लागि सरकारी निकाय बाट बाहेक १८जना जतिलाई आफूहरुले पत्र पठाएको पाठकले बताए।
‘हामीले यहाँ बाट दूतावासलाई सम्बोधन गर्दै पत्र पठाएका थियौ।मलाई यहाँको सरकारले सोधपुछ पनि गरेको छ। कतिको भिषा स्वीकृत गरेको छ भने कतिको गरेको छैन। हामीले गरेको हस्ताक्षर बारे उनीहरू पूर्ण जानकारीमा छन्।बाकी भिषा दिने नदिने उनीहरूको हातको कुरा हो।’ एन आर एन स्वीडेनका अध्क्षय राजकुमार पाठकले भने ‘नेपाल बाट सरकारी निकाय,पत्रकार,एन आर एन केन्द्रका सहभागी हरुको लागि पत्र पठाएका थियौ।अब कसैले हाम्रो हस्ताक्षर दुरुपयोग गरेर फाइदा लिएको छ भने त्यस बारेमा हामी अनविज्ञ छौं।’
युरोप सम्मेलन बहिस्कार गर्ने भनिएका समुहलाई सुझाव दिँदै पाठकले हामी सबैको साझा फूलबारी भयको हुनाले मिलेर जानुको विकल्प नरहेको बताए। उनले कसैलाई कुनै समस्या वा चित्त नबुझेको कुराहरू भयर सम्मेलनमा आएर वृहत रुपमा छलफल मार्फत समाधान निकाल्न आग्रह गरे।
साथै ‘पार्टनरसीप इन एक्सन फर ट्रन्सफरमेसन’ भन्ने नाराका साथ आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको तयारी पूरा भएको आयोजकले जनाएको छ। एनआरएनए यूरोप क्षेत्रले १४ औं युरोपेली क्षेत्रीय बैठक संगै युवा, १२ औं महिला तथा विज्ञ सम्मेलनको आयोजना गर्न लागेको हो। युरोप क्षेत्रले भेला आयोजनाका निमित्त आन्तरिक तयारीहरु लगभग पुरा गरिसकेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया