रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन्।
काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खस्दा चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे।
उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको प्रहरीले बताइएकाे छ।