बिएल संवाददाता
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ।
सहुलियत पसलमा बजारमा भन्दा महँगो भएको जनगुनासो आएपछि कम्पनीले मूल्य घटाएको हो।
मंगलबारबाटै लागू हुने गरी खाने तेलमा प्रतिलिटर १० रुपैयाँ र मुसुरोको दालमा प्रतिकिलो ८ रुपैयाँ घटाएर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
अब सहुलियत पसलमा सुर्यमुखी तेल प्रतिलिटर २८५ रुपैयाँ, तोरीको तेल प्रतिलिटर २७५ रुपैयाँ र भटमासको तेल २४० रुपैयाँ पर्छ।
त्यस्तै मुसुरोको दाल प्रतिकिलो १५३ रुपैयाँबाट घटाएर १४५ रुपैयाँ निर्धारण गरेको छ।
कम्पनीले यसअघि पनि खानेतेलमा प्रतिलिटर ७ रुपैयाँ घटाएर बिक्री गरेको बताएको थियो।
कम्पनीले उक्त दाल र तेल साल्ट ट्रेडिङबाट खरिद गरेको बताएको छ। तर सहुलियत पसलमा खानेतेलको मुल्य बजारमा भन्दा महँगो रहेको पाइएको छ।
होलसेल बजारमा प्रतिलिटर २५० रुपैयाँ पर्ने तोरीको तेल सहुलियत पसलमा २७५ रुपैयाँमा बिक्री भइरहेको छ।
त्यस्तै बजारमा प्रतिलिटर २५० रुपैया पर्ने सुर्यमुखी तेल र २१८ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य सहुलियत पसलमा क्रमशः २८५ र २४० रुपैयाँ रहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया