लुम्बिनीको मतदाता ३२ लाख बढी, कुन निर्वाचन क्षेत्रमा कति?

Symbolic Picture
Symbolic Picture

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने भएका छन्। 

प्रदेशका १२ जिल्लाका कुल ३२ लाख ४९ हजार ६३७ मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए। 

उनकाअनुसार प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्। 

यी निर्वाचन क्षेत्रका कुल ३२ लाख ४९ हजार ६३७ मतदातामध्ये पुरुष मतदाता धेरै रहेका छन्। जसअनुसार पुरुष मतदाता १६ लाख ३७ हजार १३२, महिला मतदाता १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना मतदाता रहेका छन्। 

प्रदेशमा कुल मतदान स्थल १ हजार ६४९ र मतदान केन्द्र ३ हजार ८६१ रहेको सूचना अधिकारी कुवँरले बताए। 

प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन्। जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन्। सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र  अर्घाखाँची संघतर्फ एक–एक वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ दुई–दुई वटा रहेका छन्। अन्य प्रदेशमा दुई वा तीन वटा संघ तर्फका निर्वाचन क्षेत्र रहेका छन्। 

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? 

गुल्मी
१ (क) ५७५७९
१ (ख) ६१७०९
२ (क) ५१९०४
२(ख) ५२४२३

पाल्पा
१ (क) ४९२५१
१(ख) ४६७८२
२ (क) ५६१२०
२ (ख) ४९१७३

अर्घाखाँची
१ (क) ७८२८६
१ –ख) ८६४८२

रुपन्देही 
१ (क) ७२२११
१ (ख) ६७३४९
२ (क) ६३५०३
२ (ख) ६३३०४
३ (क) ६५५१३
३ (ख) ६७२७८
४ (क) ५३३८९
४ (ख) ५७२७०
५ (क) ७४६५९
५ (ख) ५४४७६

कपिलवस्तु
१ (क) ७९४५३
१ (ख) ६१५६०
२ (क) ६४५१७
२ (ख) ५७१५९
३ (क) ६१०५८
३ (ख) ५४४८५

रुकुम पूर्व 
१ (क) १७७७७
१ (ख) १६३३५

रोल्पा 
१ (क) ६८१६४
१ (ख) ७७३०७

प्युठान
१ (क) ७४६६३
१ (ख) ८५०९७

दाङ
१ (क) ७०२६७
१ (ख) ६४४६६
२ (क) ६३३२२
२ (ख) ७०४२६ 
३ (क) ६६४८६
३ (ख) ७९९८९

बाँके
१ (क) ५५८४५
१ (ख) ६५२५५
२ (क) ५०३१३
२ (ख) ४७४९६
३ (क) ६१५९६
३ (ख) ५१७२६

बर्दिया
१ (क) ८१९१९
१ (ख) ८०७४३
२ (क) ८१६६१
२ (ख) ७०९६१ 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१ –क) ६५११६
१ (ख) ५३१३४
२ (क) ६६५०२
२ (ख) ५६१७८


 

प्रकाशित मिति: : 2022-09-20 13:20:00

प्रतिकृया दिनुहोस्