बिएल संवाददाता
प्रदेश १ को हिमाली जिल्ला सोलुखुम्बुमा विविध कारणले नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ।
पछिल्लो समय रोजगारीका लागि विदेश जानेको संख्या बढेपछि नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको हो। जिल्लाबाट २०६६ सालयता २२ जनाले नागरिकता त्यागेका छन्।
सोही अवधिमा दुई जनाको नागरिकता रद्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार यसरी नागरिकता परित्याग गर्नेमा ११ पुरुष र ११ महिला छन्। तीमध्ये अधिकांश अमेरिकामा बसोबास गर्दै आएका छन्।
केही समययता बाह्य मुलुकमा पर्याप्त सम्भावना र अवसरहरू देखेर नागरिकता त्याग्नेको संख्या बढ्दो छ। कानुनमा एक व्यक्तिले दुई देशको नागरिकता लिन नपाउने व्यवस्था भएकाले कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया