नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन्। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए। तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ।
हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ।